‘एउटै नाउरको सिकार गर्न २३ लाख’

नवनियुक्त प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण

धनगढी । सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुख गंगाप्रसाद यादवले पदभार ग्रहण गर्नुभएको छ । यादवले शुक्रबार दिउँसो पदभार ग्रहण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

 बिहीबार राति गृह जिल्ला सप्तरीबाट धनगढी आइपुग्नुभएका यादवले शुक्रबार दिउँसो कार्यालयमा पुगेर पदभार ग्रहण गरेको  प्रदेश प्रमुखको कार्यालयका उपसचिव पुष्कर खड्काले यादवले जानकारी दिनुभयो । 

पदभार ग्रहण कार्यक्रममा प्रदेश प्रमुखको कार्यालयका सचिव ओमबहादुर खड्का लगायतका कर्मचारी सहभागी हुनुहन्थ्यो । 
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख २० गते तत्कालिन प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई हटाएर यादवलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो । 

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  २ : ५७ बजे