सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

लागू औषधसहित बुटवलबाट चार जना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले लागूपदार्थसहित चार जनालाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले तिलोत्तमा–४ शिवनगरका शङ्कर नेपाल, तिलोत्तमा–३ का केशव गिरी र बुटवल उपमहानगरपालिका–११ का दीपक नेपाली पक्राउ परेका हुन् । 

बुटवल–१३ पवित्रनगरस्थित चेकजाँच गर्ने क्रममा पक्राउ परेका उनीहरूको साथबाट ११ ग्राम ब्राउन सुगर जफत गरिएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलबाटै खटिएको टोलीले बुटवल–१७ रानीगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बुटवल बस्ने रबी लामा रहेका छन् । उनको साथबाट ब्राउन सुगर ५०० मिलिग्राम फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ७ : ४५ बजे