जाजरकोटमा ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु 

जाजरकोट । नलगाड नगरपालिका–५ झुल्केडाडामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

नलगाडको कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्टर मङ्गलवार दिउँसो दुर्घटनामा परेको हो ।

दुर्घटनामा नलगाड–५ का चंकलाल विक, सुरेश खत्री र बलबहादुर खत्रीको ज्यान गएको हो । 

नलगाड–८ का विनोद परियार घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेको डिएसपी मधुकुमार थापाले जानकारी दिनुभयो  । ट्याक्टर नम्बर भने खुलेको छैन ।

 

  

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ७ : २४ बजे