तिहारमा के खाने के नखाने ? 

​​​​​​​काठमाडौँ । हिन्दुहरूको दोस्रो ठुलो पर्व तिहारमा विशेष गरी घर आँगन सफा सुग्गर राख्नु, पटका पड्काउनु र झिलिमिली उज्यालो पार्नु देउसी भैलो खेली साथी साथी बीचमा भाइचाराको सम्बन्ध स्थापित  गर्नु  यस पर्वका विशेषता हुन् ।

चाडबाड भन्ने बित्तिकै रमाइलो गर्ने, मिठो  तेलमा तारेको परिकारहरू माछा, मासु खाने भन्ने सोचाइ सबैको हुन्छ । चाडबाडमा गुलियो, अमिलो, पिरो, चिल्लो, मासुका परिकार बढी प्रयोग हुने गर्छ । यस्तो बेला हामी बढी मसलादार खाना खान्छौँ र एकै ठाउँमा बसी बसी खाने प्रवितिले शारीरिक अभ्यासमा खासै ध्यान दिँदैनौँ । यही कारण चाडबाडमा खानपिनकै कारण स्वस्थ मानिस पनि बिरामी हुने दर बढी हुन्छ ।

 हामीले यो बुझ्नुपर्छ की मुटुसँग खानाको गहिरो सम्बन्ध छ। त्यसैले के खाने, के नखाने एकदमै विचार गर्नुपर्छ । अझ दीर्घ रोगीलाई त झन् बढी खतरा रहन्छ । त्यस कारण चाडबाडका बेला  सबै रोगी निरोगी व्यक्तिले खानपिनमा विशेष ध्यान दिन जरुरी छ । खानपानमा विशेष ध्यान दिइयो भने शरीरमा लाग्ने विभिन्न रोगहरूबाट बच्न सकिन्छ । साथै रोग लागिसकेपछि पनि खानपानमा नियन्त्रण गर्न सकिएमा हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ ।

तिहारमा बढी प्रयोग गरिने  भाइ मसला स्वास्थ्यका लागि फाइदाजनक रहेको हुन्छ । यसमा केही मात्रामा चिल्लो पदार्थ हुने भए पनि समग्रमा यसले स्वास्थ्यलाई हानी नपुराउने गरेको पाइन्छ ।  सेल रोटी मासु लगायतका खानेकुरा भन्दा बढी भाईमसला स्वास्थ्यका लागि उपयुक्त छ। काजु, बदाम, नरिवल, किसमिस, बदाम लगायतका खानेकुराहरूमा शरीरका लागि चाहिने भिटामिन, मिनरलस लगायतका तत्त्वहरू पाइन्छ ।

मोटो शरीर, रगतमा कोलेस्ट्रोल, उच्च रक्तचाप, मधुमेह, युरिक एसिड भएका व्यक्तिले सकभर मासु नखानु राम्रो हुन्छ । भेटघाट, रमाइलो गर्नेभन्दा पनि स्वादको पछाडि लागेर आफ्नो होस् गुमाएर खानपिनमा सामान्य हेलचेक्र्याइँ गर्दा धेरैको चाडबाड अस्पतालमा बित्ने गरेको हुन्छ । बाथका रोगी, कलेजोका बिरामी, मधुमेहका बिरामी, मुटुरोगका बिरामी, उच्च रक्तचाप, मिर्गौला रोगीहरू हाेसियार रहौँ ।  सबै चाठपर्वहरुले स्वस्थ राख्छ भन्ने छैन केही पर्वहरूले ज्यान समेत लैजान सक्छ ।

पहिलै पकाएको तावा वा भाडामा बचेको तेलमा फेरि सेल रोटी पकाउनु स्वास्थ्यको लागि निकै हानिकारक हुन्छ । खाली पेटमा सेल रोटी खाँदा एसिडिटी बढ्ने भएकोले केही सादा खाना खाएर मात्र सेल रोटी खानुपर्छ सेल रोटी बनाउँदा तोरीको, भटमासको वा सूर्यमुखी तेल प्रयोग गर्नु राम्रो हुन्छ । सेल रोटी सँगसँगै फलफूल, सागपात, विभिन्न प्रकारका मिश्रित सलाद पनि खानुपर्छ । त्यसका साथै पानी प्रशस्त पिउनु पर्छ। नियमित शारीरिक अभ्यास  भने छुटाउनुहुँदैन ।

तारेको खाना शरीर र स्वास्थ्य दुबैका दृष्टिबाट तेलमा तारेको खाना स्वास्थ्यकर मानिँदैन । थोरै प्रयोग गर्ने वा यसको विकल्पहरू खोजी गर्ने बानीको विकास गर्नु पर्दछ ।  चिनीको विकल्पलाई ध्यानमा राखी स्वास्थ्यको ख्याल राख्दै परिकारहरू बनाउँदा चिनीको साटोमा अन्य चीजहरू प्रयोग गर्ने गरी तयारी गर्न पर्छ ।

दूध चकलेटको सट्टा डार्क चकलेटको प्रयोग बढी गर्न सकिन्छ । तिहारमा सेतो वा मिल्क चकलेटको सट्टा डार्क चकलेट खानु बढी स्वास्थ्यकर रहन्छ । सुक्खा फलफूलको प्रयोग गर्ने । तिहार जस्ता मिठाई पर्वहरूमा घरेलु परिकारलाई विशेष रूपमा जोड दिनु पर्छ । तिहारमा धेरै मात्रामा गुलिया चिजहरू, चिलो पदार्थहरू थोरै खाने प्रशस्त पानी खाने व्यायाम गर्ने रक्सीबाट टाठै रहने, सामान्य स्वास्थ्यका नियम पालना गरियो भने निकै साना ठुला रोगहरूबाट बच्न सकिन्छ ।  

(पोषण क्षेत्रमा लामो समय काम गर्नु भएका डाक्टर टपेन्द् शाहसँग चक्रपथ कर्मी युवराज ढुङ्गेलले कुराकानीमा आधारित भइ तयार पारेको स्वास्थ्य मुलक जानकारी)

 

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  २ : १५ बजे