दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सांघाईमा एक जनामा कोभिड देखिएपछि डिस्नेलेन्ड पार्क बन्द

बेइजिङ – कोभिड संक्रमण पुष्टि भएपछि चीनको मनोरन्जन पार्क सांघाई डिस्नेलेन्ड बन्द भएको छ । पार्कमा रमाइलो मनाउन गएका एक व्यक्तिमा कोभिड पोजेटिभ देखिएपछि बन्द भएको हो । 

पार्कका कर्मचारी र आगन्तुकहरुको परीक्षण तीब्र पारिएको छ। पार्क भ्रमण गरेका व्यक्तिलाई साबधानी अप्नाउन स्वास्थ्यकर्मीले अनुरोध गरेका छन्  । 

आगामी फेब्रुअरीमा आयोजना हुने हिउँदे ओलम्पिकअघि संक्रमणलाई शून्यमा झार्ने चीनको तयारी छ । 

करिव दुई वर्षअघि फैलिएको कोभिडबाट चीनमा चार हजार ८४९ जनाको मृत्यु भएको छ भने एक लाखभन्दा बढी संक्रमित भएका छन् । सन् २०१९ को डिसेम्वरमा वुहानमा पहिलो पटक कोभिड देखिएको थियो । 

कोभिडबाट अहिलेसम्म विश्वभर ५० लाख जनाको मृत्यु भएको छ भने २४ करोड भन्दा बढी संक्रमित भएका छन् ।

एजेन्सी

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  १० : ४५ बजे