सीता एयरको जहाज बँदेलसँग ठोक्किएर दुर्घटना, नेपालगञ्ज विमानस्थल ठप्प

 

नेपालगञ्ज । नेपालगञ्जबाट सिमिकोट उड्न लागेको सीता एयरको जहाज बंदेलसँग ठोकिएको छ । मंगलबार नेपालगञ्ज विमानस्थलको धावनमार्गमा विमान बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको हो । हुम्लाको सिमिकोट उड्ने क्रममा नाइन एन एएचएबी कल साइन जहाज धावनमार्गमा गुडिरहेका बेला बँदेलसँग ठोक्किएको हो ।

यात्रु र चालक दलका सदस्य सकुशल छन् । तर, जहाजको अगाडिको टायरभन्दा माथिल्लो भागमा प्वाल परेको छ । अहिले विमानस्थल ठप्प छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ९ : ३४ बजे