दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

कोप–२६ सम्मेलनमा पुगेकी यी मन्त्री दुई घन्टासम्म बस्दा पनि प्रवेश नपाएपछि निराश हुँदै होटेल फर्किन्

बेलायत – बेलायतको ग्लास्गोमा जारी कोप–२६ सम्मेलनमा एक सय भन्दाबढी देशका हजारौं प्रतिनिधि सहभागी छन् । प्रतिनिधिका लागि हलभित्र बिभिन्न व्यवस्था गरिएको छ । तर, इजरायलका एक प्रतिनिधिले भने आफू एतिहासिक सम्मेलनमा सहभागी हुन नपाएको गुनासो गरेकी छिन् ।

ह्विलचेयरको व्यवस्था नभएकोले आफू सम्मेलनमा सहभागी हुन नपाएको इजरायलकी मन्त्री करिनी इलहारले बताएकी हुन् । ‘राष्ट्रसंघले सम्मेलनमा पहुँच नदिएकोमा दुःखी छु’, मन्त्री इलहारले ट्विट गरेकी छिन् । उनी इजरायको उर्जा, पूर्वाधार तथा जलश्रोत मन्त्री हुन् ।

इजरायलका प्रधानमन्त्री नफ्ताली बेन्नेटको प्रतिनिधिमन्डका एक अधिकारीले आफूहरुले त्यसबारे औपचारिक रूपमा राष्ट्रसंघमा गुनासो गरेको जानाकारी दिए । 

मन्त्री इलहारलाई सहभागी नगराए आफूले पनि सम्मेलन बहिस्कार गर्ने प्रधानमन्त्री बेन्नेटले चेतावनी दिएको ती अधिकारीले बताएका छन् । 

इजरायलका लागि बेलायतका राजदूत निल विगानले मन्त्रीप्रति आफूले ‘गहिरो र ईमान्दारीपूर्वक क्षमा याचना गरेको ’ बताएका छन् । ‘कोप सम्मेलन सबैका लागि समावेशी र स्वागतयोग्य होस’ उनले ट्विटरमा लेखेका छन् । 

मन्त्री इलहरले इजरायलको समाचार संस्था च्यानल १२ सँग बताए अनुसार ह्विलचेयरमा हिड्नुपर्ने भएकाले सम्मेलन हलमा उनलाई जान कठिनाइ भएको थियो ।

सम्मेलन स्थलमा उनी दुई घन्टासम्म बसेको र भित्र छिर्ने कुनै व्यवस्था नभएपछि आफू बसिरहेको होटेलमा फर्किएको टाइम्स अफ टाइम्स अफ इजरायलले जनाएको छ ।

स्कटल्याडको राजधानी इडनवर्गस्थित उनी बसेको होटल सम्मेलन स्थलबाट ८० किलोमिटर टाढा पर्छ । इजरायली मन्त्री सम्मेलनमा सहभागी हुन नसकेकोमा बेलायतका विदेशमन्त्री जेम्स क्लेभर्लीले गहिरो दुःख व्यक्त गरेका छन् । 

एजेन्सी
 

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ९ : ३१ बजे