सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

अवैध रूपमा औषधि नेपाल भित्रिदै

सिरहा – सिरहा प्रहरीले भारतबाट भन्सार छलेर ल्याइँदै गरिएको औषधिसहित दुई जनालाई पक्राउ गरेको छ ।

लहान नगरपालिका- १९ कटहा चौकबाट १४ कार्टुनमा लिकोटोन २ सय २५ एमएलको १ हजार ६२ बोतल औषधि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुभाष बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार प्रदेश २–०१–००१ ह ०६७३ नम्बरको ट्याम्पुमा ल्याइँदै गरिएको ३ लाख ३९ हजार मूल्यको औषधिसहित सिरहाको बरियारपट्टि गाउँपालिका ५ का १८ वर्षीय राकेशकुमार यादव र टेम्पु चालक लहान नगरपालिका १ का २२ वर्षीय शत्रुद्यन राम पक्राउ परेका हुन् । 

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ७ : ४९ बजे