सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कांग्रेसका क्षेत्रीय प्रतिनिधि मृत भेटिए, हत्याको आशंका

अछाम – १४ दिनदेखि अज्ञात रहेका अछामका एक पुरुषको शव भेटिएको छ । कमलबजार नगरपालिका-५ कुईका ३४ वर्षीय रेशमराज तिमिल्सैनाको शव साेमबार भेटिएको हो । १४ दिनसम्म नेपाल प्रहरीको सबै संयन्त्र लगाएर खोजी कार्य गरिए पनि तिमिल्सैनाको अवस्था अज्ञात थियो ।

गएको २ कात्तिकमा गैरिटाँडबाट बेपत्ता भएको भनिएका तिमिल्सैनाको शव १४ दिनपछि गैरिटाँड बजार नजिकैको बाँसको झाडीमा भेटिएको हो । अहिले अछाम जिल्लाका प्रहरी प्रमुख तुल्सीराम अर्यालसहितको टोली गैरिटाँड पुगेको छ । तिमिल्सैनाका आफन्तसँग प्रहरीको छलफल भइरहेको छ ।

तिमिल्सैनाका आफन्तले गैरिटाँड बजार बन्द गरेका छन् । आफन्त र स्थानीय मिलेर सडकमा चक्का जाम गरिएकाे छ । रहस्यमय तरिकाले घटना भएको भन्दै उनीहरू आक्रोशित भएका छन्। शव फेला परेको स्थानमा प्रहरीले कसैलाई जान दिएको छैन ।

काठमाडाैंबाट समेत अनुसन्धानको टिम अछाम आएर खोजीकार्य भए पनि १३ दिनसम्म तिमिल्सैनाको अवस्था पत्ता लागेको थिएन । तिमिल्सैना बसेकै ठाउँ नजिकै उनकाे शव फेला पर्नुले घटना रहस्यमय भएको परिवारको आरोप छ । ३१ असोजमा मंगलसेनबाट घर फर्किने क्रममा गैरिटाँडकै एक होटलमा बसेका तिमिल्सैना बेपत्ता भएकाे बताइएकाे थियाे । उनी कांग्रेसका क्षेत्रीय प्रतिनिधिसमेत हुन् ।

-कल्पना बोहरा

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ४ : २५ बजे