सुःखी नेपाली, समृद्ध नेपालको सपना साकार हुन्छ : बस्नेत

काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले सुःखी नेपाली, समृद्ध नेपालको सपनालाई साकार पार्ने जिम्मेवारी एमालेको भएको बताउनुभएको छ ।
सोमबार प्रेस चौतारी नेपाल सुर्खेतले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुहुँदै आगामी चुनावमा एमालेनै जनादेश पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले एमाले आगामी दशौँ महाधिवेशनबाट झन् बलियो हुँदै जाने पनि उल्लेख गर्नुभयो ।
उहाँले अन्य दलहरुको गठबन्धनमा समस्या देखिन थालेकाले धेरै समय नटिक्ने दाबी पनि गर्नुभयो । उहाँले गठबन्धनमा ठूलो समस्या कर्णालीबाट शुरू भएको बताउनुभयो ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  २ : १९ बजे