प्रदेश १ का मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिनुहुँदै

विराटनगर ।  प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिँदै हुनुहुन्छ । त्यसका लागि मध्याह्न साढे १२ बजे प्रदेशसभा बैठक बस्दै छ  ।

मुख्यमन्त्री आचार्यले प्रदेशसभामा राख्नुभएको विश्वासको मतको प्रस्तावमा आज मत विभाजन हुनेछ । मुख्यमन्त्रीमा आचार्यले नै निरन्तरता पाउने वा नयाँ मुख्यमन्त्री बन्ने आज टुङ्गो लाग्नेछ । 

मुख्यमन्त्री आचार्य पार्टीभित्र छलफलमा जुट्नुभएको छ । प्रदेश १ मा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले आचार्यलाई मुख्यमन्त्रीबाट बिदा गर्ने बताएका छन्  । 

विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा नेकपा (एस) प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईलाई अगाडि सार्ने निर्णय गरिसकेको छ । 

प्रदेश १ मा ९२ सांसद सांसद छन् ।  एमालेसँग सभामुखसहित ४१ सांसद छन् । काँग्रेसका २१,  माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) का १०, जनता समाजवादीका ३ जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् । एक सिट रहेको राप्रपा मौन छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ९ : ०० बजे