‘एउटै नाउरको सिकार गर्न २३ लाख’

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै, उम्मेदवारको टुंगो लाग्ने

काठमाडौँ– सत्तारूढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ।

बागमती प्रदेशमा हुने राष्ट्रियसभा उप निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार टुंगो लगाउन आज स्थायी कमिटी बैठक बस्न लागेको हो। आज उम्मेदवारको टुंगो लगाउनुअघि हिजो बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी कमिटी बैठक बसेको थियो।

बैठकमा पार्टीको तर्फबाट उठाउने उम्मेदवारलाई जित दिलाउन विभिन्न पक्षसँग छलफल गर्ने निर्णय भएको थियो। माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादललाई नै एमालेले राष्ट्रियसभा उप निर्वाचनमा उम्मेदवार बनाउने तयारी गरे पनि टुंगो भने भएको थिएन । आजको बैठकले उम्मेदवारको टुंगो लगाउनुका साथै निर्वाचन आयोगमा पनि आजै नाम पठाउने बुझिएको छ । 

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १० : ४१ बजे