प्रधानन्यायाधीश राणासँग वार्ता गर्न न्यायाधीशहरू तयार : ३ सदस्यीय टोली गठन

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्ता गर्ने भएका छन् ।
बार्तका लागि उनीहरुले तीन सदस्य वार्ताटोली गठन गरेका छन् ।  

सर्वोच्चमा आइतवार बसेको न्यायाधीशहरूको बैठकले ग्रेसफूल एक्जिट (सम्मानजनक बहिर्गमन)का लागि प्रधानन्यायाधीशको कुनै प्रस्ताव भए त्यसमा छलफलका लागि भन्दै ३ न्यायाधीश रहेको वार्ता टोली गठन गरेको हो । 

बैठकले न्यायाधीशहरू सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्मा रहेको वार्ता समिति गठन गरेको हो ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ४ : ४४ बजे