साफ यू–१७ च्याम्पियनसिप आजदेखि

म्याराडोनाको बायोपिक श्रृंखला प्रशारण सुरु

काठमाडौं – निधनको भएको एक बर्षपछि विश्व प्रसिद्ध फुटबल खेलाडी डिएगो म्याराडोनाको जीवनीमा आधारित बायोपिक श्रृंखला निर्माण भएको छ । श्रृंखलाको पहिलो भाग अर्जेन्टिनाको टेलिभिजनमा प्रशारण हुनुअघि त्यहाँको जुनियर स्टेडियममा प्रशारण गरिएको छ । यो स्टेडियम त्यही हो, जहाँ म्याराडोनाले सन् १९७० को मध्यमा खेल जीवन सुरु गरेका थिए । 

‘म्याराडोना–ब्लेस्ड ड्रिम’ नामक सो श्रृंखलाको म्याराडोनाले आफ्नो मृत्युभन्दा पहिला अर्थात् २५ नोभेम्बर २०२० मा समर्थन जनाएका थिए । अमेजन प्राइम भिडियोले निर्माण गरेको यस श्रृंखलाको प्रशारण शुक्रबारबाट विश्वका दुई सय ४० भन्दा बढी देशका स्ट्रिमिङ प्लेटफर्ममा उपलब्ध हुुने छ । भोलि शनिबार म्याराडोनाको ६१औं जन्मजयन्ती हो । उनले सन् २०१९ मा यस बायोपिक श्रृंखलाका लागि सम्झौता गरेका थिए । म्याराडोनाको गतबर्ष २५ नोभेम्बरमा ब्युनस आयर्सको बाहिरी इलाकाको एउटा होम स्टेमा हृदयाघातका कारण निधन भएको थियो । चिकित्सकको लापर्वाहीका कारण उनको निधन भएको भन्दै अहिले पनि छानबि चलिरहेको छ । 

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ३ : १३ बजे