दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

इर्मगार्ड फर्चनरः नाजी नरसंहारकी एउटा जीवित साक्षी

बर्लिन – दोस्रो विश्वयुद्धको समयमा इर्मगार्ड फर्चनर मुश्किलले १८ बर्ष पुगेकी थिइन् । सानो उमेर भए पनि उनको ठूलै जिम्मेवारी थियो । उनी सन् १९४३ देखि सन् १९४५ को अवधिमा पोल्यान्डको एउटा नाजी क्याम्पमा सचिबको भूमिकामा थिइन् । 

अहिले उनी ९६ औं बसन्त पार गरिन । उनी सचिब हँुदा क्याम्पमा नाजीले हजारौ निर्दोष व्यक्तिको हत्या गरेको थियो ।  १० हजार मानिसको हत्यामा उनको संलग्नताबारे लागेको मुद्दा अहिले पनि अदालतमा सुनुवाई भइरहेको छ । 

उत्तरी जर्मनीको इटेजहोस्थित एक अदालतले उनीमाथिको मुद्दालाई अगाडि बढाइरहेको हो । तत्कालिन एसएस कमान्डर पर्ल वेर्नर होप मातहत रहेकी उनी सो नरसंहारकी जिउँदो इतिहास हुन् । 

क्याम्पमा हत्या र यातनाका तरिकामा फर्चनरको संलग्नताबारे लगाइएको आरोप उनले अस्विकार गर्दै आएकी छिन् ।

दोस्रो विश्वयुद्धका समयमा नाजी प्रणालीको भूमिकाबारे प्रतिबादी बनाइएका विभिन्न व्यक्तिहरुमध्ये उनी एक मात्र महिला र जीवित  साक्षी हुन् । सोही कारण जर्मन सरकारले उनको मृत्युअगाडि नै केही सत्य तथ्य खुलासा हुने अपेक्षा गरेको छ । 

१८ वर्षको हुँदा बाल्टिक टापुको नाजी शिविरमा उनी काम गर्थिन् । क्याम्पमा भएका हरेक हत्याका तरिका र त्यसको विवरण उनलाई थाहा छ । 

क्याम्प सञ्चालनमा फर्चनरको सक्रीय भूमिका रहेको र सामूहिक नरसंहारमा  संलग्नता रहेको अभियोजनकर्ता म्याक्सी वान्टजेनले आरोप लगाएका छन् । सन् १९४४ को २२ जुलाईमा अस्चविजतर्फ लगिएका कैदीको समूहलाई स्टुटहोफमा लैजान आदेश दिइयो भन्ने बारेमा अदालतमा सुनुवाई भइरहेको छ । 

अस्चविजतर्फ लाने भनिएका कैदीहरुको एउटा सूची शिविरका प्रमुखको आदेशमा चार दिनपछि स्टुटहोफमा लगिएको थियो । यस्तोे काम फर्चनरको ठाडो लिखित निर्देशनमा भएको अभियोजनकर्ताले लगाएको आरोपमा उल्लेख छ । 

सो घटनामा बाँचेका व्यक्तिका एक वकिलका अनुसार कैदीहरुलाई स्टुटहोफको क्याम्पमा लैजान र उनीहरुको हत्यामा फर्चनरको आदेशले काम गरेको थियो ।   

अनुसन्धान अधिकारीले उनलाई सोधपुछ गरेपछि र सन् २०१७ को फेब्रुबरीमा उनको अर्पाटमेन्टमा खानतलासी गरेपछि सो घटनामा उनको संलग्नता रहेको खुलासा भएको थियो । 

चार वर्ष आठ महिना थप अनुसन्धानपछि ९६ वर्षीय फर्चनरलाई अदालतसमक्ष पेस गराइएको थियो ।  ३० सेप्टेम्बरमा शंकास्पद रुपमा आफ्नो घर छोडेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । तर, उनले आफूमाथि लागेका सबै आरोप अस्विकार गर्दै आएकी छिन् । 

एजेन्सी

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  १ : ४९ बजे