अमेरिका र भारतका बीच विगत देखिनै विभिन्न प्रकृति र महत्त्वका सामरिक सम्झौताहरू हुँदै आएका छन् । तिनले अनेक आशङ्का र चिन्ताहरू पनि जन्माउने गरेका छन् ।
अन्ततः भारत र अमेरिकाका बीच त्यो ‘बेसिक एक्सचेन्ज एण्ड को–अपरेशन एग्रिमेण्ट’(बेका) सम्झौता भएको छ जुन अत्यन्तै गम्भीर प्रकृतिको र महत्त्वपूर्ण छ । यस सन्दर्भमा दुई देशका बीच बर्षौैंदेखि गृहकार्य चल्दै आएको बताइन्छ । यो बान्तवामा दुई देशका बीचको सामरिक सहयोग बढाउने समझदारी अन्तरगत गरिन लागेको चौथो सम्झौता हो ।
यसभन्दा पहिला दुवै देशले २००२ मा ‘जेनेरल सेक्युरिटी अफ मिलिटरी इन्फरमेशन एग्रिमेण्ट’, २०१६ मा ‘लजिस्टिक एक्सचेन्ज मेमोरेण्डम अफ एग्रिमेण्ट’ र २०१८ मा ‘कम्प्याबिलिटी एण्ड सेक्युरिटी एग्रिमेण्ट’मा दस्तखत गरिसकेका हुन् । यतिबेला के मानिदैछ भने यो ‘बेका’ सम्झौता दुवै देशहरूका बीच ‘रक्षा र भू–राजनीतिक क्षेत्रमा सहयोग र तालमेल’लाई पूर्णता प्रदान गर्ने सम्झौता हो । यद्यपि अमेरिका जस्तो विश्व महाशक्ति राष्ट्रसँग रक्षा सम्झौता गर्ने कुरा जतिबेला पनि उठ्छ त्यतिबेला अनेक किसिमका आशङ्काहरू उत्पन्न हुन्छन् या जोडिएका हुन्छन् भन्ने कुरा भारतले महसुस गरेको देखिन्छ ।
यो अहिलेको ‘बेका’ सम्झौतालाई लिएर पनि जब कुराकानी आरम्भ भयो त्यतिबेला तत्कालीन यूपीए सरकारले कयौँ किसिमका चिन्ताहरू जाहेर गरेको थियो । सम्झौताको अहिलेको बिन्दूसम्म पुग्नमा यदि यत्तिका समय लाग्यो भने त्यसको कारण यही थियो कि लामो बातचितको माध्यमबाट एक अर्काका आशङ्काहरूलाई हटाउने बाटो खोज्ने र अनि सहमतिलाई पक्का गर्ने । अहिले त्यही भएको बताइएको छ ।
अमेरिका जस्तो विश्व महाशक्ति राष्ट्रसँग रक्षा सम्झौता गर्ने कुरा जतिबेला पनि उठ्छ त्यतिबेला अनेक किसिमका आशङ्काहरू उत्पन्न हुन्छन् या जोडिएका हुन्छन् भन्ने कुरा भारतले महसुस गरेको देखिन्छ ।
जे होस्, अब यस सम्झौता अन्तरगत भारतलाई अमेरिकी सैन्य उपग्रहहरूद्वारा जुटाइने संवेदनशील सूचनाहरू र चित्रहरू समेत ‘रियल टाइम बेसिस’ मा उपलब्ध हुनसक्ने छन् । अमेरिकाले त्यस्ता महत्त्वपूर्ण तथ्याङ्क र म्यापहरू प्नि भारतसँग सेयर गर्न सक्ने छ जसका आधारमा आफ्ना सामरिक लक्ष पुरै सन्निकटतापूर्बक हासिल गर्न भारतका लागि सहज हुनेछ ।
खासगरीकन दुई छिमेकी राष्ट्रहरू चीन र पाकिस्तानसँग भारतको विद्यमान तनावपूर्ण सम्बन्धका सन्दर्भमा हेर्ने हो भने यो सम्झौता विशेष रूपले अझ महत्त्वपूर्ण हुन पुग्दछ । अझ थप कुरा यस्ता सम्झौताहरू तत्कालीन सन्दर्भहरूमा मात्र सीमित रहँदैनन् । न ती एकतर्फी किसिमले फाइदाजनक नै हुन्छन् । ध्यान दिनुपर्ने कुरा यस्ता सम्झौतामा के हुन्छ भने यो सम्झौता यस्तो समयमा भएको छ जति बेला अमेरिकी राष्ट्रपति निर्वाचन आफ्नो अन्तिम चरणमा पुगेको छ ।
यद्यपि दुई देशका बीच हुने यस्ता सम्झौताहरूलाई कुनै खास दुई सरकार बीचका मामिला पनि मानिँदैनन् । तथापि अमेरिकी आम चुनावको मतदान गर्ने तिथि मितिको ठिक पहिला भएको यो सम्झौताले यस कुरालाई पनि रेखाङ्कित गर्दछ कि दुई देशहरूको सम्बन्ध अब खास नेताहरूका बीचको ‘पर्सनल केमेष्ट्री’मा मात्र निर्भर रहेका छैनन् ।
यी दुवै देशहरूका बीच बढ्दो सहयोग र अझ राम्रो हुँदै गएको तालमेलको पनि ठोस सङ्केत मानिदैछ भनिँदै छ – कुनै पनि अन्य सम्बन्धले जस्तै यो निकटताले पनि दुवै देशलाई लाभ प्रदान गरिरहेको छ । केवल रक्षा क्षेत्रको मात्रै कुरा गर्ने हो भने पनि भारत–अमेरिकी सहयोग बढ्न सुरु भए पछिदेखि यता अर्थात् २००७ देखि अहिलेसम्म अमेरिकी कम्पनीहरूले भारतलाई २१ अर्ब डलरभन्दा बढीको हतियार बिक्री गरिसकेका छन् । बद्लिएको परिस्थितिलाई ध्यानमा राख्दै दुवै देशको सम्बन्धमा बढ्दो तालमेलले केवल भारत र अमेरिकाको राष्ट्रिय हितको दृष्टिले मात्रै होइन, विश्व शान्ति र क्षेत्रीय सन्तुलनका लागि पनि उपयोगी भएको दाबी गरिँदै छ ।
तर भारतसँगको यो अमेरिकी महत्त्वपूर्ण सम्झौतालाई चीन पाकिस्तान समेत बाँकी विश्वले कसरी लिन्छन् त्यसले पनि धेरै कुरा परिसीमन गर्दछ नै ।
प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार ९ : ५५ बजे
प्रतिक्रिया