साफ यू–१७ च्याम्पियनसिप आजदेखि

पाँचपोखरी ग्रेटर हाफ म्याराथन हुँदै

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको उत्तर पश्चिम भेगको साविक भोताङ गाविसमा पर्ने पाँचपोखरीमा ‘पाँचपोखरी ग्रेटर हाफ म्याराथन’ हुँने भएको छ ।

धार्मिक तथा पर्यटकीय हिसावले अत्यन्त महत्वपूर्ण मानिएको पाँचपोखरीमा यही कार्तिक २७ म्याराथन प्रतियोगिता आयोजना गर्न लागिएको बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो । बागमती प्रदेश, हेटौँडासमुन्द्री सतहदेखि करिब ४१०० मि. को उचाइमा पर्ने पाँचपोखरीमा पाँच वटा पोखरीहरु छन् ।

यो संसारकै उच्च स्थानमा रहेको पोखरीहरु मध्ये उचाइको हिसावले नवौं स्थानमा पर्ने ठाएँ हो । अल्टा म्याराथनका लागि उपयुक्त स्थानको रुपमा छनोट भएको हुनाले यस खेलको विकास गर्ने उद्देश्यका साथ प्रदेश खेलकुद विकास परिषद् र पाँचपोखरी थाङपाल गाउँपालिका, खेलकुद विकास समितिको साझेदारी तथा नेपाल एथलेटिक्स संघको समन्वयमा पाँचपोखरीदेखि रैथानेश्वरी मन्दिरसम्मको २१ कि.मि.को दुरीमा पाँचपोखरी ग्रेटर हाफ म्याराथन २०२१ गर्न लागिएको खेलकुद विकास समिति पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी शेर्पाले जानकारी दिनुभयो ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्टका लागि खेलकूद’ भन्ने मूल नाराका साथ हुन लागेको प्रतियोगिताले साहसिक खेल क्षेत्रमा युवा पुस्तालाई आकर्षित गराउने उद्देह्य राखिएको छ । प्रतियोगितामा विभागीय टोलीहरु नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र व्यक्तिगत गरी करिब १५५ जना खेलाडी सहभागी रहने छन् । प्रतियोगितामा पुरुष र महिलाहरुको छुट्टाछट्टै प्रतिष्पर्धा गराइने छ । प्रत्येक समूहका प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौ हुने धावकहरुलाई क्रमशः ५०,०००। ३०,०००।, २०,०००।, १०,०००। र ५,०००।एवं सिन्धुपाल्चोकबाट सहभागी हुने खेलाडीहरु मध्येबाट प्रथम, दोस्रो र तेस्रो हुने धावकहरुलाई क्रमशस् १५,०००।, १०,०००।, ५,०००।नगद सहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ । साथै veterans तर्फ प्रथम, दोस्रो र तेस्रो हुने धावकलाइ क्रमशः रु १०,०००। ८,०००।-, ५,०००।- नगद सहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने आयोजकहरुले बताएका छन् । प्रतियोगिताको विषयमा जाकारी दिने उदेश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा संविधान सभा सदस्य एवं एथलेटिक्स सङका केन्द्रिय अध्यक्ष राजिब बिक्रम शाहा, बाग्मती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारी, थाङपाल गाउँपालिका खेलकुद विकास समिति पाँचपोखरीका अध्यक्ष टासी शेर्पा लगायतको उपस्थिति थियो । 

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ५ : ५७ बजे