दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

बहुमूल्य बुद्धमूर्तिको अनावरण १४ कात्तिकमा राष्ट्रपतिबाट हुने

भैरहवा, ११ कात्तिक । निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको बहुमूल्य बुद्धमूर्ति १४ कात्तिकमा अनावरण हुने भएको छ । लुम्बिनी गार्डेन फाउण्डेशनको पहल तथा म्यानमारकोमा लिविन ग्रुपको सहयोगमा निर्र्मित बुद्धमूर्र्ति राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गर्ने हुनुभएको हो ।

भैरहवामा लुम्बिनी सांस्कृतिक नगरपालिकाले पत्रकार सम्मेलन गरी अनवरण कार्यक्रमबारे जानकारी गराएको छ । १४ कात्तिक आइतबार दिउँसो साढे १२ बजे राष्ट्रपति भण्डारीले मूर्ति अनावरण गर्ने लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले जानकारी दिनुभयो । 

बुद्धमूर्तिलाई शनिबार लुम्बिनी परिक्रमापछि विमानस्थल परिसरमा ल्याइएको थियो । लुम्बिनी गार्डेन फाउण्डेसनले लुम्बिनी सांस्कृतिक नगरपालिकामार्फत गौतम बुद्ध विमानस्थलमा राख्नका लागि यो बुद्धमूर्ति ल्याइएको फाउण्डेसनका महासचिव एकराज गिरीले बताउनुभयो । उहाँका अनुसार म्यानमारका भिक्षु कालिगढले ६ महिना लगाएर सो मूर्ति बनाउनुभएको हो । 

वाइडजेड स्टोनबाट बनेको बुद्धमूर्ति १८ सय केजीको छ । एक दशमलब नौ मिटर अग्लो रहेको उक्त मूर्ति ६० सेन्टिमिटर चौडाइ र एक मिटर मोटाइ छ । मूर्तिलाई १४ कात्तिकमा स्थानीय निकायमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ । 

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ४ : ०३ बजे