दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

गुराँस लाइफको साधारणसभा १० मंसिरमा, लाभांश प्रस्ताव मुख्य एजेण्डा 

काठमाडौं – गुराँस लाइफ इन्स्युरेन्सले १० मंसिरमा वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न कम्पनीको प्रधान कार्यालय श्रीराज भवन तिनकुने काठमाडौंमा बिहान ११ बजे आह्वान गरेको हो । कम्पनीको सभा भर्चुअल माध्यमबाट आयोजना हुनेछ । 

कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि २३ कात्तिकदेखि १० मंसिरसम्म बुक क्लोज गर्ने भएको छ । यसअनुसार २२ कात्तिकसम्म कायम सेयरधनीले उक्त लाभांश पाउने छन् । 

सभामा कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लगानीकर्तालाई पाँच दशमलव ५० प्रतिशत बोनस सेयर  र कर प्रयोजनको लागि शून्य दशमलव २८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव छ । बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी, अधिकृत पुँजी र जारी पुँजी वृद्धि हुने हुँदा सोहीअनुरुप नियमावली संशाेधन गर्ने लगायतका एजेन्डा छन् । 

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  १ : ०५ बजे