एमाले स्थायी कमिटी बैठक बस्दै, यी हुन् एजेण्डा

काठमाडौँ ।  नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ  । 

तुल्सीलाल स्मृति प्रतिष्ठानमा अपराह्न ४ः०० बजे स्थायी कमिटी बैठक बस्न लागेको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

स्थायी कमिटी बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ तथा समीक्षा हुने उहाँले जानकारी दिनुभयो ।  बैठकले राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्य तालिका तय गर्ने पनि  सचिव तामाङले जानकारी दिनुभयो । 

एमालेले बाढी पहिरो प्रभावित क्षेत्र बाहेकमा कात्तिक ६ गते वडा र कात्तिक ९ गते पालिका अधिवेशन गरिसकेको छ ।  एमालेले १०औँ महाधिवेशनको आयोजना मङ्सिर १० गतेदेखि १२ गतेमा चितवनमा गर्दैछ । 

 

 

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ८ : ०४ बजे