साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

फेसबुकले तीन महिनामा कमायो ९ अर्ब डलर नाफा 

एजेन्सी
​​​​​​​न्युयोर्क
। संसारकै ठुलो सामाजिक सञ्जाल फेसबुकले तीन महिनामा ९ अर्ब अमेरिकी डलर नाफा कमाएको छ । 

विवादबीच फेसबुकले सेप्टेम्बर सम्मको तीन महिनामा ठुलो नाफा कमाएको हो । 

अघिल्लो वर्षको यही अवधिमा उसको नाफा ७ दशमलव ८ अर्ब डलर थियो । एक पूर्व कर्मचारीले फेसबुकले नाफामुखी भएको र अनैतिक व्यवहार गरेको आरोप लगाइरहँदा उसको नाफा भने बढिरहेको छ । 

एक महिनाअघि पूर्व कर्मचारी फ्रान्सिस् हाउगनले फेसबुकले प्रयोगकर्ताको सुरक्षाभन्दा आफ्नो नाफामा ध्यान दिएको आरोप लगाउनुभएको थियो । 

उहाँले आन्तरिक कागजातको गोप्य चुहावट गर्ने क्रममा फेसबुकले बालबालिकालाई नकारात्मक असर गरेको बताउनुभएको थियो । 

फेसबुकका प्रयोगकर्ता अहिले एक वर्षमा ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड पुगेका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ७ : १९ बजे