काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ । आज सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले गायक प्रधानको निधनप्रति दुःख व्यक्त गर्नु भएको हो ।
‘मूर्धन्य गायक प्रेमध्वज प्रधानको असामयिक निधनको खबरले मलाई दुःखी तुल्याएको छ । दिवंगत प्रधानप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ प्रधानमन्त्री ओलीले उल्लेख गर्नु भएको छ, ‘नेपाली गीसंगीतको क्षेत्रमा उहाँको योगदान सदा स्मरणीय रहने छ ।’
गायक प्रधानको आज न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार ५ : ५१ बजे
प्रतिक्रिया