कस्तो छ आजको मौसम ?

काठमाडौँ । मुलुकका पहाडी भू–भागमा आज  वर्षाको सम्भावना छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागका एक वा दुई स्थानमा हिमपातको सम्भावना छ ।

राति देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। 

शुक्रवार पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ कार्तिक ११ गते(बिहीबार)
​​​​​​​दिउँसो:
देशभर आंशिक  बदलीदेखि सामान्यतया सफा  रहने छ। 

पहाडी भू–भागका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका  एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । 

राती: देशभर आंशिक बदली देखि सामान्यतया मौसम सफा रहने छ। 

२०७८ कार्तिक १२ गते (शुक्रवार)
दिउँसो:
देशको पहाडी भू–भागमा आंशिक बदली  रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: देशको पहाडी भू–भागमा आंशिक बदली  रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ। उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ कार्तिक १३ गते (शनिवार)
दिउँसो: देशको पहाडी भू–भागमा आंशिक बदली  रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भू–भागमा आंशिक बदली  रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

 

 

 

 

 

 

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ६ : ५७ बजे