सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

आर्थिक लेनदेन नमिल्दा बालककाे अपहरण, ६ लाख बुझाएपछि मुक्त

कपिलवस्तु, १० कात्तिक  । आर्थिक लेनदेन र अपहरण गर्दा लागेको पैसा बुझाएपछि कपिलवस्तुका अपहरित बालक मुक्त भएका छन् ।

अपहरण गर्ने भारतीय नागरिकलाई तिर्नुपर्ने दुई लाख १० हजार भारुसहित ६ लाख रुपैयाँ बुझाएपछि बालकको सकुशल उद्धार भएको स्रोतले बताएको छ ।

कपिलवस्तुको शुद्धोदन गाउँपालिका-३ गुलरीक पाँच वर्षीय बालक सलमान खान डफाली मंगलबार दिउँसो १ बजे अपहरणमा परेका थिए ।

प्रहरीमा दिएको जाहेरीअनुसार भारतको सिद्धार्थ नगर जिल्ला अलिगडवा बस्ने मौफुस मुसलमानले बालकको परिवारसँग लेनदेनको विषयलाई लिएर अपहरण गरेका थिए ।

घरमा कोही नभएको अवस्थामा बालकलाई भेटी पसलमा पान लिन पठाउने क्रममा अपहरण भएको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भारतीय प्रहरीको सहयोगमा बुधवार राति पौने ३ बजे बालकको उद्धार गरी परिवारलाई बुझाएको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।

अपहरणमुक्त भएपछि घर फर्किएका पाँच वर्षीय बालक सलमान खान डफाली । तस्बिर : शैलेन्द्र आम्वेडकरको फेसबुक 

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  २ : ४१ बजे