दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

फेरि संक्रमण फैलिएपछि चीनमा ३ वर्षमाथिका बालबालिकालाई खोप दिइँदै

एजेन्सी । चीनमा तीन वर्षदेखि माथिका बालबालिकालाई पनि कोभिड खोप दिइने भएको छ । पछिल्ला दिनमा विभिन्न प्रान्तमा कोभिड महामारी फैलिएसँगै तीन वर्षसम्मका बालबालिकालाई खोप दिइने भएको हो । 

पाँच ओटा प्रान्तका सहर र प्रान्तीय सरकारहरुले सूचना जारी गर्दै तीनदेखि ११ वर्षका बालबालिकालाई खोप दिनुपर्ने जनाएका छन् । 

चीनमा ७६ प्रतिशत जनसंख्याले पूर्णखोप लगाइसकेका छन् । चिनियाँ अधिकारीहरुले कोभिडप्रति चीनको शून्य सहनशीलता रहेको बताउँदै आएका छन् ।  विभिन्न स्थानमा फैलिएको महामारी नियन्त्रण गर्न सरकारले नयाँ कदम चालिरहेका बेला फेरि खोप अभियान तीब्र पारिएको छ । 

महामारी नियन्त्रण गर्न चीनले लकडाउन, क्वारेन्टाइन र अनिवार्य परीक्षणलाई तीब्रता दिँदै आएको छ । १ अर्ब ४० करोड जनसंख्या भएको चीनमा अहिलेसम्म १ अर्ब ७ करोडले पूर्ण खोप लगाइसकेका छन् । 

पछिल्लो समयमा चीनले चाँडो फैलने डेल्टा भाईरस संक्रमणप्रति चासो देखाउदै आएको छ । भाइरस फैलिएसँगै सरकाले यसै साता आयोजना हुने बेइजिङ म्याराथुन स्थगित गरेको छ । 

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १ : ४१ बजे