‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । आज दिउसो १: ४५ बजे बसुन्धरास्थित न्यूरो अस्पतालमा उहाँको निधन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उहाँलाई बिहान अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको भतिज मञ्जुकुमार प्रधानले जानकारी गराउनुभयो । ८२ बर्षे प्रधानको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो । 

प्रधानका दुईवटा छोराहरु अमेरिकामा छन् । उहाँको आजै अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
 

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  २ : ५९ बजे