इजलासमा गएनन् न्यायाधीशहरू, फुलकोर्टमा पनि नजाने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि बोलाएको सर्वोच्च अदालतको फुलकोर्ट बैठक अनिश्चित बनेको छ । १ बजेको लागि बैठक तय भए पनि सर्वोच्चका १४ जना न्यायाधीशले बहिष्कार गरेकाले फुलकोर्ट अनिश्चित बनेको हो ।प्रधानन्यायाधीशले पेसी तोके पनि न्यायाधीशहरू भने इजलास नजाने भएका छन् । 
आइतबार बसेको सर्वोच्चका १४ न्यायाधीशको बैठकले प्रधानन्यायाधीशले बोलाएको (फुलकोर्ट)मा सहभागी नहुने निर्णय गरेको थियो । 

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १ : ०६ बजे