प्रधानमन्त्री देउवाद्धारा मन्त्रिपरिषद बैठक आव्हान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ ।  सुदूरपश्चिम र प्रदेश एकका बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किएपछि देउवाले सोमबार मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

 

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १२ : ३७ बजे