‘एउटै नाउरको सिकार गर्न २३ लाख’

पाँच बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । उहाँले आज अपरान्ह ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो । 

मन्त्रिपरिषद् बैठक बोलाउनुअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुभएको थियो । यसअघि आइतबार र सोमबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । सो बैठकले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख फेर्नेदेखि अध्यादेश जारी गर्नेसम्मका निर्णय गरेको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  २ : ०८ बजे