काठमाडौँ । अमेरिकाले नेपाललाई अनुदान स्वरूप प्रदान गरेको कोभिड विरुद्धको फाइजर खोप आज नेपाल आइपुग्ने भएको छ ।
अमेरिकाले अनुदान दिएको १ लाख ६२० डोज खोप आज आउन लागेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
अमेरिकाले यसअघि जुलाईमा १० जोनसन एन्ड जोनसनको १० लाख ५३ हजार डोज खोप सहयोग गरेको थियो ।
फाइजर नेपालमा प्रयोग हुने चौथो खोप हुनेछ । नेपालमा यसअघि अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आइसकेका छन् ।
प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार ८ : १८ बजे
प्रतिक्रिया