आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सर्वोच्चको आज फुलकोर्ट बैठक, १४ न्यायाधीशले बहिष्कार गर्ने

काठमाडौँ ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज सोमबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाउनुभएको छ ।

प्रधानन्यायाधीश जबराले नेपाल बार एसोसिएसनका पदाधिकारीसँगको सहमतिमा फुलकोर्ट बोलाउनुभए पनि असन्तुष्ट १४ न्यायाधीशहरू भने सर्वोच्च अदालतको पूर्ण बैठकमा अनुपस्थित हुने भएका छन् ।

प्रधानन्यायाधीशको कारणले समग्र न्यायपालिका विवादमा तानिएको भन्दै आइतबार अदालतमा उपस्थित १४ जना न्यायाधीशको बैठकले  फुलकोर्ट अनुपस्थित हुने निर्णय गरेको हो।

मन्त्रिपरिषद्मा भागबन्डा लिएको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेको आरोप प्रधानन्यायाधीश जबरामाथि छ । 

न्यायाधीशहरू बीचकै बैठक आज बिहान ११ बजे फेरि बस्दै छ । यद्यपि, न्यायाधीशहरूले इजलास भने बहिस्कार गर्ने छैनन् ।  

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ८ : १२ बजे