साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

एमाले अध्यक्ष ओलीको आँखाको इसारामा जब कलाकार विल्सन विक्रमले उड्नै लागेको फ्लाइट क्यान्सिल गर्नुभयो …..

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हाल गृह जिल्ला झापाको भ्रमणमा हुनुहुन्छ ।

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हवाई मार्गबाट भद्रपुर ओर्लिनुभएका अध्यक्ष ओलीको भद्रपुरमा जम्काभेट भयो कलाकार विल्सन विक्रम राईसँग ।

राई आफैँ पनि अध्यक्ष ओलीका फ्यान हुनुहुन्छ । त्यसमाथि अध्यक्ष ओलीले पनि रुचाउनुभएका एवं गृह जिल्लावासी कलाकार हुनुहुन्छ राई । 

भद्रपुर विमानस्थलमा राईसँग अध्यक्ष ओलीको आँखा जुध्यो । इसारामै ओलीले सोध्नुभयो कता हो? जवाफमा आँखाको इशारामै विल्सनले काठमाडौँ जान लागेको भन्नुभयो । अध्यक्ष ओलीले हुँदैन यतै रोकिन भन्नुभयो इशारामै । विल्सनले “म जान लागेको हुँदैन ?” भन्नुभयो आँखाको इशारामा नै । अध्यक्ष ओलीले आँखाको इशारामै कडा रूपमा तपाईँ यतै रोकिनुस्, नजानुस् भन्नुभएपछि  विल्सन रोकिनुभयो । 

अध्यक्ष ओलीलाई विल्सन रोकिनुहोला जस्तो लागेको थिएन । तर एकै पटक भद्रपुर–१ पृथ्वीनगरस्थित पिता मोहन ओलीको घरमा विल्सनलाई देखेपछि अध्यक्ष ओलीले सोधे, तपाईँ पनि यता, टिकट क्यान्सिल गर्नुभयो ? यो कुरा विल्सन स्वयंले अध्यक्ष ओलीकै अगाडि भन्नुभएको हो। 

बिर्तामोडमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा कार्यकर्ता हँसाउन आउनुभएका विल्सनले ओलीलाई हँसाउँदै आफू कसरी कार्यक्रममा आएको जानकारी गराउनुभयो।

लिम्बुको छोरा, नेम्वाङको भान्जा भन्दै उहाँले सुवास नेम्वाङलाई मामा पर्ने भन्दै सेवारो(नमस्ते) भन्नुभयो । अनि एमाले अध्यक्ष ओलीसँग आफ्नो छुट्टै सम्बन्ध रहेको र आँखा झिम्केपछि त्यसको भाव बुझिहाल्ने उहाँले बताउनुभयो ।  अध्यक्ष ओलीको आग्रहमा आफूले काठमाडौँको टिकट क्यान्सिल गरेर कार्यक्रममा सहभागी भएको उहाँले सुनाउनुभयो ।

उपस्थित नेता कार्यकर्तालाई हँसाउने क्रममा विल्सनले केही जोकका साथै गीत पनि गाउनुभएको थियो । उहाँको प्रस्तुतिमा नेता कार्यकर्तासँगै अध्यक्ष ओली पनि मख्ख हुनुहुन्थ्यो। विल्सन ओलीका पिता मोहन ओलीको घरदेखि  प्रवेश कार्यक्रममा आफ्नो प्रस्तुतिसँग सँगै हुनुहुन्थ्यो । अध्यक्ष ओलीले पनि आफ्नो सम्बोधनमा विल्सनलाई सम्झिनुभएको थियो । 

कार्यक्रममा काठमाडौँबाट कलाकार राजा राजेन्द्र र गायिका पूर्णकला बिसी पनि पुग्नुभएको थियो । उहाँहरूले पनि आ–आफ्नो प्रस्तुति दिनुभएको थियो । 

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ७ : ५४ बजे