काठमाडौं । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले तयार पारेको राष्ट्रिय गीतका एल्बम तथा शार्दुल अंक ‘चार’ विमोचन गर्ने भएको छ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आज बसेको सचिवालय बैठकले उक्त कार्यक्रम गर्ने निर्णय गरेको हो । अध्यक्ष केपीशर्मा ओलीद्धारा कार्तिकको दोस्रो साता तुल्सीलास स्मृति प्रतिष्ठानमा एल्मबको बिमोचन हुुने प्रतिष्ठानका महासचिव हरिप्रसाद भण्डारीले बताउनुभयो । १० वटा राष्ट्रिय गीत संकलन गरिएको एल्बममा छनोट भएका गीतहरु मदन भण्डारी कला साहित्य प्रतिष्ठानले रेकर्ड गराएको हो ।
प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार ५ : १४ बजे
प्रतिक्रिया