साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

केपी ओलीको झापा भ्रमण : कुमारी लिम्बूले मास्क खोल्न लगाइन्, विल्सनविक्रम राई भेट्नै पुगे

झापा । एमाले अध्यक्ष केपी ओली तीन दिने झापामा भ्रमणमा हुनुहुन्छ । आइतबार बिहान काठमाडौंबाट झापा आइपुग्नुभएका उहाँले पारिवारिक र छिमेकीसँग भेटघाट गर्नुभएको छ  । 

​​​​​​​झापाको भद्रपुर–१ स्थित पृथ्वीनगरमा ९३ वर्षीय बुबा मोहन ओलीलाई भेट्न पुग्नुभएका उहाँले सो क्रममा भाइ, भाइबुहारीसहित छिमेकीसँग पनि भेटघाट गर्नुभएको छ ।  

छिमेकी मन्दिरा कोइरालाले ओली आउँदा भेट हुने र आफूहरूको गुनासो सुन्ने गरेको बताउनुभयो  । 

अर्की छिमेकी कुमारी लिम्बूले ओलीलाई मास्क खोल्न लगाउनुभयो । लिम्बूले मास्क खोल्न भनेपछि ओलीले खोल्नुभएको थियो  । त्यसपछि उहाँसँग ओलीले फोटो पनि खिच्नुभयो । 

सोही क्रममा कलाकार विल्सन विक्रम राई ओलीलाई भेट्न पृथ्वीनगर पुग्नुभएको थियो  । उहाँले पनि ओलीसँग तस्बिर खिच्नुभयो ।

​​​​​​​

 

 

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  २ : ४७ बजे