काठमाडौं । पूर्वसभासद हिराबहादुर केसी एमालेमै फर्किनुभएको छ । एमाले विभाजन भएपछि नेकपा (एकीकृत समाजवादी)मा जानुभएका उहाँ फेरि एमालेमै फर्किनुभएको हो ।
आइतबार विज्ञप्ति निकालेर आफू एमालेमै रहेको उहाँले जानकारी दिनुभएको छ ।
एमाले विभाजनको पक्षमा कहिल्यै नरहेको भन्दै उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ, ‘म नेपाली जनताको प्रिय पार्टी विभाजनको पक्षमा कहिल्यै थिइँन, छैन र संलग्न हुन सक्दिनँ ।’
प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार २ : १५ बजे
प्रतिक्रिया