यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

एमाले वडा अधिवेशन : तनहुँका ७१ वडामा सर्वसम्मत

तनहुँ । नेकपा एमालेको शनिवार सम्पन्न वडा अधिवेशनले तनहुँको ७१ वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । 

जिल्लाका १० स्थानीय तहमा ८५ वडा छन् । बाँकी १४ मध्ये नौ वडामा पनि आइतबार सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको नेकपा एमाले तनहुँका अध्यक्ष केदार सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी रहेको पाँच वडाको नेतृत्व सोमबारसम्म चयन हुनेछ ।

शनिवार शुक्लागण्डकी नगरपालिकाको १२ वटै वडामा अधिवेशन सकिएको छ । बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा पनि सबै वडाको अधिवेशन सकिएको हो । 

व्यास नगरपालिकामा १२ वडामा अधिवेशनले नेतृत्व चयन गरे पनि दुईमा अझै बाँकी छ । भिमाद नगरपालिका र देवघाट गाउँपालिकाका दुई दुई वडामा अधिवेशन सम्पन्न भएको छैन । सबैभन्दा धेरै ऋषिङ गाउँपालिकाका पाँच वडामा नेतृत्वको टुङ्गो लाग्न सकेको छैन ।

भानु नगरपालिका, म्याग्दे गाउँपालिका र घिरिङ गाउँपालिकाको एक एक वडामा अधिवेशन हुन बाँकी छ ।

सबै वडामा सर्वसम्मत गराउन जिल्ला, प्रदेश र केन्द्रीय कमिटीमा रहेकालाई प्रतिनिधि रूपमा खटाएको एमाले तनहुँले जनाएको छ ।

देवघाटका दुई र ऋषिङ, म्याग्दे र व्यासका एक एक वडाबाहेक अरू बाँकी वडामा आइतबार सर्वसम्मत नेतृत्व चयन हुने जिल्ला अध्यक्ष सिग्देलले बताउनुभयो । 

व्यास–८ र म्याग्दे–४ मा अधिवेशन गर्नलाई मापदण्ड नपुग्ने भएकाले भेलामार्फत गठन गरिनेछ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  १२ : २३ बजे