यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

प्रभु साह एमालेमा सक्रिय हुने,  अध्यक्ष ओलीसँग आज झापा जाँदै

काठमाडौँ । नेकपा (एमाले) मा रहेर पनि असन्तुष्ट भई निष्क्रिय बस्नुभएका नेता प्रभु साह अब पार्टीमा सक्रिय हुनुहुने भएको छ  । 

साह शुक्रवार सकिएको एमाले स्थायी कमिटी बैठकले उहाँ निकट दुई जनालाई केन्द्रीय सदस्य बनाएपछि उहाँ पुनः सक्रिय हुन लाग्नुभएको हो  ।

बिर्तामोडमा आज हुने पूर्व माओवादी लगायतका नेताहरू एमाले प्रवेश गर्ने कार्यक्रममा सहभागी हुन पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै नेता साह झापा जाँदै हुनुहुन्छ ।

कार्यक्रममा नेताहरु सुवास नेम्वाङ, लेखराज भट्टसहित पनि कार्यक्रममा सहभागी हुनुहुने छ ।

 

 

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  १० : ५९ बजे