दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

अमेरिकामा विश्वविद्यालयमा गोली चल्दा एक जनाको मृत्यु, सात घाइते

जर्जिया  । अमेरिकाको जर्जियास्थित एउटा विश्वविद्यालयको कम्पाउन्ड नजिकै गोली चल्दा एक जनाको मृत्यु भएको छ । 

शनिवार राती फोर्ट भ्याली स्टेट युनिभर्सिटी नजिकै एक अज्ञात व्यक्तिले गोली चलाउँदा अन्य सात जना घाइते भएका छन् । 

घटनाबारे जर्जियाको ब्युरो अफ इन्भिेटिगेसनले छानबिन सुरु गरेको छ । मृत्यु भएका व्यक्ति सो विश्वविद्यालयका विद्यार्थी भने नभएको जनाइएको छ । घटनामा अतिवादीको संलग्नताबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

गोली लागेका सातै जनाको अवस्था स्थिर रहेको छ । प्रहरीले आक्रमणकारीको खोजी तीव्र पारेको छ । गोली काण्डपछि विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।  एजेन्सी

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ८ : १६ बजे