‘एउटै नाउरको सिकार गर्न २३ लाख’

देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । देशभर आइतबार र सोमबार ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार र सोमबार देशभरका ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइनेछ । 

सरकारले देशभरका प्रत्येक वडामा तोकिएका खोप केन्द्रमा आफ्ना बालबालिकालाई लगेर भिटामिन ए र जुकाको औषधि खुवाउन अनुरोध गरेको छ । 

सरकारले प्रत्येक वर्ष ३ र ४ कात्तिकमा भिटामिन ‘ए’ खुवाउँदै आएकोमा यस वर्ष दसैँ परेकाले ७ र ८ कात्तिकमा खुवाउन लागिएको हो ।  

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ७ : ४५ बजे