मलङ्गवा । सर्लाहीमा शनिवार बेग्लाबेग्लै दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।
करेन्ट लागेर दुई जनाको र एक बालकलाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ईश्वरपुर नगरपालिका–१५ सुकनाहामा ट्य्बेलमा पानी चलाउने क्रममा अचानक करेन्ट लाग्दा ब्रहम्पुरी गाउँपालिका–७ मोहनगङ्जका २८ वर्षीया पपितादेवी साहको मृत्यु भएको ब्रहम्पुरी कार्यपालिका सदस्य ललन साहले जानकारी दिनुभयो ।
यसैगरी, करेन्ट लागेर नै ब्रहम्पुरी –२ का ४० वर्षीय सुरेन्द्र साहको मृत्यु भएको सो कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिनुभयो ।
विद्युतीय पोलमा वाइफाईको तार जोड्न जाँदा साहलाई शनिवार साँझ करेन्ट लागेको थियो ।
यसैबीच बागमती नगरपालिका–५ मा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा बागमती –८ का १४ वर्षीय बालक प्रकाशबहादुर थिङको शनिवार राति मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार ७ : ०२ बजे
प्रतिक्रिया