यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

एमालेको देशव्यापी वडा अधिवेशन सम्पन्न, ५ हजार भन्दा बढीमा सर्वसम्मत नेतृत्व

काठमाडौं । नेकपा एमालेको आज शुरु भएको देशव्यापी वडा अधिवेशन सम्पन्न भएको छ। थापाथलीस्थित केन्द्रीय कार्यालयबाट अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेपछि देशव्यापी रुपमा वडा अधिवेशन शुरु भएको थियो ।
६ हजार ७ सय ४३ वडामध्य बाढी पहिरोले प्रभावित र आन्तरिक विवाद मिलाउन बाँकी केही वडामा मात्रै अधिवेशन हुन बाँकी छ। 

अधिवेशन सम्पन्न भएसँगै परिणाम आउन थालेका छन् । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले ५ हजार भन्दा बढी वडामा सर्वसम्मतरुपमा नेतृत्व चयन भएको विवरणहरु आएको जानकारी दिनुभयो । 

बाँकीमा पनि शान्तिपूर्ण रुपमा अधिवेशन सम्पन्न भएको उहाँको भनाइ छ। पालिका कमिटीका अधिवेशनहरु ९ गते हुने छन् । एमालेले मंसिर १०,१२ गते चितवनमा १० औं महाधिवेशन गर्दै छ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ७ : २६ बजे