काठमाडौँ । हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली रहेको छैन ।
यद्यपि, शनिवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आइतबार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ कार्तिक ०६ गते (शनिवार)
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती : देशभर आंशिकदेखि सामान्य बदली रहने छ।
प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७८ कार्तिक ०७ गते (आइतबार)
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती :देशभर आंशिक देखि सामान्य बदली रहने छ। बागमती र प्रदेश नं १ का थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक वा दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७८ कार्तिक ०८ गते (सोमबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहने छ।
देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती : देशभर आंशिकदेखि सामान्य बदली रहने छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार ८ : ४२ बजे
प्रतिक्रिया