दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

जब प्रहरीले नै चोरलाई लुटे…

उत्तर प्रदेश, भारत – सामान्यतया प्रहरीले जनधनको सुरक्षा गर्छ र समाजका अपराधिक गतिविधि रोक्छ । चोरी गरेको बस्तु फेला पारेमा प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाइदिन्छन् । तर, उत्तर प्रदेशमा भने एउटा अनौठो घटना भएको छ । प्रहरीले नै चोरलाई नै लुटेका छन् । 

दुई जना चोरले चोरेको पैसा आफूले लिएर प्रहरीले उनीहरूलाई जिल्लाको सीमा कटाइदिएका छन् । रसलपुर प्रहरी स्टेसन क्षेत्रबाट एउटा रिक्साका यात्रुबाट दुई ओटा चोरले एक लाख १० हजार भारु चोरेका थिए । सीसी क्यामरामा कैद भएको दृश्यको आधारमा चोर पक्राउ परेका थिए । 

फिरोजावादका एसएसपी अशोककुमारका अनुसार पक्राउ परेका चोरहरुसँग पैसाबारे सोध्दा उनीहरुले प्रहरीलाई नै दिएको बताएका थिए । अनुसन्धानका क्रममा चार जना प्रहरीले चोरबाट ९६ हजार लिएर उनीहरुलाई सीमा कटाइदिएको खुलासा भएको थियो । 

घटनाका दोषीमाथि थप अनुसन्धान गरिएको एसएसपी अशोककुमारले जानाकारी दिए । 

एजेन्सी

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ३ : ४९ बजे