दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सुनको मूल्य स्थिर, चाँदीको भाउ तोलामा १० रुपैयाँले घट्यो

काठमाडौं – आज साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । 

बिहीबार महासंघले छापावाल सुन प्रतितोला ९१ हजार सात सय रुपैयाँ नै कायम गरेको थियो । आज तेजाबी सुन प्रतितोला ९१ हजार दुई सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।

बिहीबार चाँदीको भाउ घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  १ : १६ बजे