यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

एमसीसी जस्ताको त्यस्तै पारित हुन्छ : प्रधानमन्त्री देउवा

धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संघीय संसदबाट पारित हुने बताएका छन् ।

बाढीपहिरोबाट भएको क्षतिको निरीक्षणका लागि गृह प्रदेश सुदूरपश्चिममा रहेका प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा पत्रकारसँगको कुराकानीमा ‘एमसीसी जस्ताको त्यस्तै पारित हुने’ बताएका हुन् । ‘एमसीसी सहयोग परियोजना हो, यो परियोजनामा नेपालकै कानुन लागू हुन्छ । अमेरिकी कानुन लागू हुन्छ भन्ने कुरा साँचो होइन,’ उनले भने ।

५० करोड अमेरिकी डलरको यो परियोजनाबाट नेपालमा विद्युतीय प्रशारण लाइन निर्माण गर्ने योजना रहे पनि संसदबाट पारित हुन सकेको छैन ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ९ : २८ बजे