दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

भू-राजनीतिक तनाव बढ्ने अमेरिकी खुफिया एजेन्सीको चेतावनी

एजेन्सी – अमेरिकी खुफिया एजेन्सी अफिस अफ नेसनल इन्टेलिजेन्सीले ११ मुलुक जलवायु परिवर्तनको सबैभन्दा बढी मारमा पर्ने चेतावनी दिएको छ ।

भारत, पाकिस्तान, अफगानिस्तान, म्यान्मार, इराक़, उत्तर कोरिया, ग्वाटेमाला, हैटी, होन्डरस, निकारागुआ र कोलम्बियालाई जलवायु परिवर्तनको असरको ‘चिन्ताजनक’ देशकाे सूचीमा राखिएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।

यी मुलुकले जलवायु परिवर्तनको दुष्प्रभावसँग लड्न निकै सामना गर्नुपर्नेछ । तर यी देशले जलवायु परिवर्तनको असरसँग लड्न कुनै तयारी नगरेको दाबी पनि खुफिया एजेन्सीले गरेको छ ।

जलवायु परिवर्तनका कारण  भू-राजनीतिक तनाव पनि बढ्ने चेतावनी दिइएको छ । बढ्दो तापमान, पानीको अनुपलब्धता र अप्रभावी सरकारका कारण अफगानिस्तानको स्थिति झनैं चिन्ताजनक रहेको भनिएको छ । दक्षिण एसियाली मुलुकमा पानीलाई लिएर विवाद हुने र यो ‘भूराजनीतिक’ तनावको मुख्य कारण बन्ने औँल्याइएको छ ।

जलवायु परिवर्तनका कारण मध्य अफ्रिकी र प्रशान्त क्षेत्रका साना मुलुकमा अस्थिरताको खतरा बढ्ने र जसको असर विश्वका विपन्न जनसंख्यामा पर्ने खुफिया एजेन्सीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ९ : ०१ बजे