काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ । ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठान च्यासलमामा जारी बैठकमा पाँचवटा एजेण्डामाथि छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएको थियो ।
उहाँकाअनुसार बैठकका मुख्यतः विधान महाधिवेशन समीक्षा, ६ कात्तिकमा हुने भनिएको वडा अधिवेशन, ९ कात्तिकमा हुने भनिएको पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन र हालै भएको अविरल वर्षका कारण भएको जनधनको क्षति सम्बन्धमा छलफल हुनेछ । थप तस्बिर ग्यालरीमा छ ।
प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार ४ : ५० बजे
प्रतिक्रिया