थप ५४५ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ८ हजार ५४९ जनामा परिक्षण गर्दा ५४५ जनामा कोरोना संक्रमण देखिएको हो ।   यस्तै, आज थप ७२६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ३१५ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ३२६      पुगेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ४ : ३८ बजे