साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

शाहरुख खान र अनन्या पाण्डेको घरमा छापा

एजेन्सी । लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले बिहीबार अनन्या पाण्डेको घरमा छापा मारेको छ। 

एनसीबीले अनन्यालाई आज दिउँसो २ बजे सोधपुछको लागी बोलाएको छ। पहिले शाहरुखको घरमा भन्दा  एनसीबी टोलीले अनन्याको घरमा छापा मारेको हो । अनन्याको घर मुम्बईको बान्द्रामा छ। अनन्या पाण्डे बलिउड अभिनेता चंकी पाण्डेकी छोरी हुन्।

बुधवार उनका बुबा चंकी पाण्डे र अभिनेता शाहरुख खान मुम्बईको आर्थर रोड जेलमा आर्यन खानलाई भेट्न पुगेका थिए । आर्यन जो ड्रग्सको मामलामा याचिका खारेज भएपछि जेलमा छन्। बुबा र छोराबीच लगभग १५ मिनेट कुराकानी भएको थियो । 

रिपोर्टका अनुसार एनसीबीले क्रुज ड्रग्स पार्टी केसमा आर्यन खानसंग अनन्याले कुराकानी प्राप्त गरेको छ। एनसीबीले यो प्रमाणको रुपमा अदालत समक्ष पेश गरेको छ। 

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  १ : ४८ बजे