दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

युवा महिला उद्यमी राष्ट्रिय सम्मेलन’ वीरगञ्जमा

वीरगञ्ज । वीरगञ्जमा शुक्रबार हुने ‘युवा महिला उद्यमी राष्ट्रिय सम्मेलन’को तयारी पूरा भएको छ । 

आयोजक नेपाली युवा उद्यमी मञ्च वीरगञ्जका अनुसार सम्मेलनका लागि आवश्यक सबै तयारी पूरा भएको हो । 

उद्यमी भइसकेका महिलालाई प्रोत्साहन गर्न र उद्यमी बन्न चाहनेलाई उत्प्रेरित गर्न सम्मेलनको तयारी गएिको मञ्चका अध्यक्ष अनुप अग्रवालले जानकारी दिनुभयो । 

सम्मेलनमा देशका विभिन्न स्थानबाट १५० महिला उद्यमी सहभागी हुने छन् । 

सम्मेलनमा विभिन्न सफल उद्यमीका अनुभव तथा सङ्घर्ष, स्टार्टअप उद्यमीका अनुभव, उत्पादन, बजार पहिचान, प्रवद्र्धन, प्रोत्साहनका उपाय, महिला उद्यमका समस्या, चुनौती र अवसरलगायतका पक्षमा बेग्लाबेग्लै सत्रमा अन्तक्र्रिया हुनेछन् । सम्मेलनमा उद्यमशीलताका विविध क्षेत्रको बारेमा दक्ष अनुभवी व्यक्तित्वबाट सिक्ने अवसर मिल्ने आयोजकको दाबी छ । 

सम्मेलनबाट महिलालाई उद्यमशीलतामा अघि बढ्न प्रोत्साहन मिल्ने आयोजकको दाबी छ । 

सम्मेलनमा बुटिक, मेहन्दी, घरेलु लगायत महिला उद्यमीले उत्पादन गरेका विविध सामग्रीसहितको १० वटा कक्ष  समेत  राखिनेछ । 

बिक्रीका लागि नभई पहिचान नपाएका उद्यमी महिलाको वस्तु वा सेवाको बारेमा जानकारी प्रदर्शनीकक्षमार्फत दिइने तयारी आयोजकले गरेको छ । 

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ६ : ४८ बजे